सन्दीपले लिए दुई विकेट

एजेन्सी – युएईमा जारी टी–१० क्रिकेट लिगमा नेपाली लेस स्पिनर सन्दीप लामिछानेले सनसनीपूर्ण प्रदर्शन गरिरहेका छन् । 

आइतबार अबेर भएको खेलमा सन्दीपले केरला नाइट्सका लागि दुई विकेट लिए । सन्दीपले दुई विकेट लिएको केरला नाइट्स र राजपुट्सबीचको उक्त खेल भने बर्षाका कारण रद्द भएको थियो । 

त्यसपछि दुवै टोलीले एक एक अंक बाँडेका छन् ।

खेल रोकिनु अघि टस हारेर पहिले ब्याटिङ गरेको राजपुट्सले ९ ओभरमा पाँच  विकेटको क्षतिमा ९४ रन बनाएको थियो । 

सन्दीपले आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दै दुई विकेट लिए । 

सन्दीपले पहिलो र दोस्रो दुई ओभर बलिङ गर्दै २३ रन खर्चिएर दुई विकेट लिएका थिए । योसँगै सन्दीपले तीन खेलबाट ६ विकेट लिएका छन् । 

सन्दीपले लिगको पहिलो खेलमा पस्तुनविरुद्ध तीन विकेट लिएका थिए । उक्त खेलमा उनले दुई ओभर बलिङ गर्दै १७ रन खर्चिएर तीन विकेट लिएका थिए । उनी प्लेयर अफ दि म्याच समेत बनेका थिए । 

दोस्रो खेलमा सन्दीपले दुई ओभर बलिङ गर्दै १४ रन खर्चिएर एक विकेट हात पारेका थिए । 

प्रतिकृया दिनुहोस