रामेछाप प्रहरीद्धारा अवैध घरेलु मदिरा नष्ट


रामेछाप । मंसिर ११ गते,
जिल्ला प्रहरी कार्यालय रामेछापले अवैध मदिरा र मदिरा जन्य सामाग्रीहरुको नष्ट गर्ने कार्यलाई जोड दिएको छ । अवैध मदिराको खुल्ययाम विक्रि वितरणका कारण विभिन्न ठाउँमा विभिन्न घटनाहरु हुने गरेका छन् । त्यस्ता घटाहरु हुन नदिन प्रहरीले अवैध मदिरा नष्ट गर्ने अभियानलाई जोड दिएको हो । मंगलबार मंसिर ८ गते बरामद गरेको अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । जिल्लाको मन्थली नगरपालिका ६ सेलेघाटमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्तीले सवारी चेकजाँच गर्ने क्रममा बरामद गरेको १ सय २० लिटर मदिरा नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालय रामेछाप, कोष तथा लेखा नियन्त्रक कार्यालय, रामेछाप उद्योग बाणज्य संघ र नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुको रोवहरमा मदिरा नष्ट गरिएको हो । त्यस्तै विभिन्न समयमा जिल्ला प्रहरी कार्यालबाट सवारी साधन चेक जाँच गर्ने क्रममा आवैध रुपमा भेटिएका ८० प्याकेट विष्फोटक पदार्थ समेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अवैध मदिरा नियन्त्रण गर्ने अभियानलाई निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक अमरेन्द्र बहादुर सिंहले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस