रामेछापको माकादुममा सुशासनका औजारको व्यवहारीक प्रयोग विषयमा अन्तरक्रिया कार्यक्रम


रामेछाप । मंसिर १२ गते
रामेछापको खाँडादेवी गाउँपालिकको ६ माकादुममा सुशासनका औजारहरुको व्यवहारिक प्रयोग विषयक अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । वडा कार्यालयसँगको सहकार्यमा मनवअधिकार तथा सचेतन विकास केन्द्र (हुराडेक ) नेपाल दोलखाको नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोजनाको आयोजनामा कार्यक्रम भएको हो ।
खाँडादेवी गाउँपालिक वडा नं ६ का वडाअध्यक्ष पुष्कर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा मित्र समाज नेपालका क्षमाता विकासविज्ञ कर्णबहादुर नेपालीले सुशासनका औजार र यसको महत्वको बारेमा जानकारी दिएका थिए ।
नेपालीले नेपाल सरकारले नै स्थानीय तहका लागि प्रयोगमा ल्याएका औजारहरु सूचनाको हक, सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण, सामुदायीक अंकपत्र, सार्वजनिक खर्चको लेखाजोखा, सामाजिक परिक्षण लगायतका ६ वटा औजारहरुको प्रयोगले नागरिक र सेवा प्रदायक संस्थाहरु बिचको सम्बन्धलाई सुधार गर्ने बताए । यसले सेवा प्रदायक निकायलाई पारदर्शि र जिम्मेबार बनाउने र नागरिकलाई पनि सचेत बनाउने भएकोले यसको प्रयोगमा जोड दिनु पर्ने उनले बताए ।
नागरिक समाजक पारस्पारिक जावाफदेहीता परियोजना हुराडेक नेपाल दोलखाका कार्यक्रम संयोजक शेरबहादुर भुजेल समेतको सहभागिता रहेको सो कार्यक्रममा बोल्दै खाँडादेवी गाउँपालिकाका प्रवक्ता समेत रहेका वडाअध्यक्ष पुष्कर कार्कीले आपूmहरु नमुना गाउँपालिका र नमुना वडा बनाउने अभियानमा भएकाले सामाजिक जवाफदेहीताको औजारहरुको अधिक प्रयोग गरी सुशासन प्रवर्धन गर्ने पक्षमा रहेको बताए ।
कार्यक्रममा वडाका निर्वाचित जनप्रतिनिधि, वडा कार्यालय स्थिति सेवा प्रदायक निकायक प्रमुखहरु, टोल सुधार समितिका अध्यक्षहरु तथा विभिन्न सामुदायिक संस्थाका अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्यको बारेमा परियोजनाका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले प्रकाश पारेका थिए ।
कार्यक्रममा सामाजिक जवाफदेहीताका औजारहरुको प्रयोग गर्ने र गर्न लगाउतका लागि उत्प्रेरित गर्न तथा सचेत र खबरादरी गर्ने समेतको प्रतिवद्धता भएको छ ।

 

प्रतिकृया दिनुहोस