बेथिति अन्तको लागि रामेछापको नागरिक समाजले संयुक्त पैरवि चलाउने


रामेछाप । मंसिर १३ गते,
 जिल्लामा देखिएका वेथितिको अन्तको लागि रामेछाको नागरिक समाजले संयुक्त रुपमा पैरवी अभियान सञ्चालन गर्ने भएको छ । जिल्लाका नागरिक समाजका अगुवा तथा मानवअधिकार कर्मीहरुको बिहिबार बसेको बैठकले संयुक्त अभियान चलाउने निर्णय गरेको हो ।
मानवअधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखको पारस्पारिक जावाफदेहीता परियोजनासँगको सहकार्यमा सञ्चालित बैठकमा सो निर्णय भएको हो ।
जिल्लामा मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गर्ने २५ भन्दा बढी संस्था तथा व्यक्तिहरु आवद्ध रहेको मानवअधिकार संरक्षण सञ्जाल (शिक्षा सञ्जाल) ले रामेछाप जिल्लामा देखिएको वेथिति र पैरविगर्ने सवालको समेत पहिचान गरेको छ ।
जिल्लामा गुणस्तरी शिक्षा तथा सुरक्षिात विद्यालय चुनौतीको रुपमा रहेको सञ्जालले ठहर गरेको छ । त्यस्तै स्वास्थ्यको अधिकार, कृषि तथा पशु स्वास्थ्य सेवामा नागरिकको पहुँच र विपत व्यवस्थापको विषयमा समेत समस्या देखिएको सञ्जालको ठम्याई छ ।
संजालका संयोजक पाण्डव प्रसाईँको अध्यक्षतामा भएको बैठकले रामेछाप जिल्लामा जनप्रतिनिधि र स्थानीय सरकारका काम, जनप्रतिनिधिहरुको क्षमता र काम गर्ने शैली प्रतिसमेत प्रश्न उठाएको छ । त्यस्तै भ्रष्टाचार र अनियमितता मात्र हैन नीतिगत रुपमा हुने भ्रष्टाचार समेत जिल्लामा चुनौतिको रुपमा रहेको सञ्जालले ठहर गरेको छ ।
स्थानीय स्तरमा बन्ने उभोक्ता समितिमा वडाअध्यक्ष वा निर्वाचित जनप्रतिनिधिका आफन्तहरुनै बस्ने तथा उनीहरुकै डोजर लगायतका औजारको प्रयोग गरि शक्ति, साधन र श्रोतको दुरुपयो गरिएको समेत सञ्जालको निचोड छ । राजनीतिक दलहरुले चूनवि घोषणापत्रमा प्रस्तुत गरेका कुराहरुको कार्यान्वयनमा पनि प्रश्न उठाइएको छ । त्यस्तै भूकम्प प्राभावितहरुको समस्याको समेत यथोचित सम्बोधन नभएको सञ्जालले जनाएको छ ।
नागरिकका जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यी विषयहरुको कार्यान्वयन र सुधारको लागि मानवअधिकार सञ्जालले सहयोगि तथा दवावमूलक कार्याक्रम समेत सञ्चालन गर्ने सञ्जाल संयोजक पाण्डव प्रसाईँले बताए ।
कार्यक्रममा मित्र समाज नेपालका क्षमता विकासविज्ञ कर्णबहादुर नेपालीले नागरिकस्तरको पैरविबाट राज्य सञ्चालन प्रक्रियमा देखिएका धेरै वेथितिहरु अन्त गर्न सकिने भएकाले साझा अभियान अढि बढाउनु पर्ने बताए ।
सञ्जाललमा मानवअधिकारकर्मी, वकिल, पत्रकार तथा नागरिक संस्थाहरु र नागरिक समाजका अगुवाहरु आवद्ध छन् । सञ्जालले पारस्पारिक जावफदेहीता परियोजनासँगको सहकार्यमा रामेछाप जिल्लामा शिक्षाको अधिकारको क्षेत्रमा काम गरि रहेको छ ।

 

प्रतिकृया दिनुहोस