मंसिरमा हुने भनिएको उमाकुण्ड कृषि महोत्सव आगमी पौषमा हुने


रामेछाप । मंसिर १४ गते,
यसअघि मंसिर १६ गते देखि २१ गते सम्म हुने भनेको उमाकुण्ड कृषि महोत्सव आगमी पौष १६ गते देखि २१ गते सम्म हुने भएको छ । प्रकृतिको बर्दान अर्गानिक उत्पादन भन्ने मुल नाराका साथमा हुन लागेको उमाकुण्ड कृषि महोत्सव विविध कारणले गर्दा एक महिना पछि धकेलिएको प्रेस विज्ञप्ती मार्फत आयोजकले जनाएको छ । आयोजक संस्थाका कार्यक्रम संयोजक राजेश बराइली एक  विज्ञप्तीमा मार्फत महोत्सवलाई रामेछाप मात्र नभएर अन्य छिमेकी जिल्लाहरुलाई पनि सहभागिता गर्ने तयारीका कारण पौषमा हुन लागेको जानकारी गराएका हुन् ।
आयोजकले जारी गरेको विज्ञप्तीमा संघसस्थाहरुको साथ र हौसला थपिदै जानु, नेपालीहरुको महान चाड दशै, तिहार र छट पर्वका कारणले सहभागिता हुन आउने संघसस्था तथा ब्यावसायीहरुको तयारी पुरा नहुनु, चाड पर्वको कारण्ले गर्दा स्थानीय होटल तथा बासस्थानको पुर्ण तयारी नहुनु, केन्द्रबाट पाल्नु हुने प्रमुख तथा विशिष्ठ अतिथिहरुको समय ब्यस्तता हुनु, प्रमुख आकर्षक किसानहरु पनि बालिनालि सिहार्न ब्यास्त हुनु , यातायातको बाटोमा सुधार नहुनु लगाएत विभिन्न आन्तरीक तथा बाह्य कारणहरुले गर्दा र यीनै सम्पुण सरोकार निकायहरुको राय सल्लाह अनुसार नै उक्त कार्यक्रमलाई बढि भन्दा बढि सहभागी भई, भब्य, सब्य र ऐतिहासिक  बनाउनको लागि साविक मितीलाई परिवर्तन गरि यहि पौष १६ गते सोमबार देखि पौष २१ गते शनिबार सम्म हुने उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस