रामेछापको मन्थलीमा २ दिने अाँखा शिविर सम्पन्न


रामेछाप । मंसिर १४ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा संचालन भएको २ दिने अाँखा शिविर शुक्रबार सम्पन्न भएको छ । जिल्ला सामुदायिक अाँखा केन्द्र रामेछाप र तिलगंगा अाँखा प्रतिष्ठान गौश्वला काठमाडौंको संयुक्त आयोजनामा संचालित सो शिसवरमा ४ सय जना अाँखाका विरामीहरुले सेवा लिएका छन् भने १ सय ६० जना मोतिविन्दु भएका व्यक्तिहरुको सफल शल्यक्रिया गरिएको जिल्ला सामुदायिक अाँखा केन्द्र रामेछापका प्रमुख बासुदेव अधिकारीले जानकारी दिए । उनका अनुसार तिलगंगा अाँखा प्रतिष्ठानका डा. इन्दिरा पौडेलको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गरेको थियो । अँखाका बिरामीहरुले मोतिविन्दुको सफल सल्यक्रिया गरेपछि नयाँ संसार प्राप्त गरेको अनुभव सुनाएका छन् । लामो समय सम्म अाँखा देख्न नसक्ने अवस्थामा पुगेका उनीहरुलाई जिल्लामै आएको यस्तो शिविरले नयाँ संसार देखाइदिएको हो । शिविरमा सामुदायिक विकास समाज मन्थली रामेछाप , मन्थली बचत तथा ऋण सहकारी लगाएतका सामाजिक संघ संस्थाहरुले सहयोग गरेका थिए । यता शिविरका १ सय जना अाँखाको शल्यक्रिया गरेका बिरामीहरुलाई रामेछाप सदरमुकाम मन्थलीका व्यवसायी एवं समाजसेवी चन्द्र बहादुर मानन्धरले फलफूल बितरण गरेका छन् ।

 

प्रतिकृया दिनुहोस