विश्व एड्स दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो

 
रामेछाप । मंसिर १५ गते,

शनिबार ३१ औँ विश्व एड्स दिवस रामेछापमा पनि एचआईभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने नाराका साथ रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल सि.आर.एस कम्पनिको सहयोगमा रामेछाप नगरपालिका र जिल्ला स्वास्थ्य कार्यलय रामेछापको आयोजनामा रामेछापको पुरानो सदरमुकाम रामेछापमा र्याली तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
रामेछाप नगरपालिकाका प्रमुख सहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधि ,लिटिल बुद्ध केलज अफ हेल्थ साइन्स र श्री गौरीशंकर माविका विद्यार्थिहरुको सहभागितामा भएको र्यालीले  रामेछाप बजार परिक्रममा गरेको थियो । र्याली पश्चात रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर मगरको  अध्यक्षतामा एक कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल सि.आर.एस कम्पनीका जिल्ला संयोजक भुवन थापाले एच.आइ.भि एड्स रोग बारेमा विभिन्न जानकारीहरु गराएका थिए ।  कार्यक्रममा विद्यार्थिहरुले एच आइ भि एड्सको बारेमा आफुलाई थाहा भएका कुराहरु राखेका थिए ।
एचआईभी संक्रमित तथा प्रभावितलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्ने दिनको रुपमा हरेक बर्ष मनाउने गरिन्छ । विश्वले नै सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । नेपालमा सन् २०१० को तुलनामा २०१७ सम्ममा एचआईभी संक्रमितको संख्या ६१ प्रतिशतले घटेको तथा ६३ प्रतिशतले बच्चामा हुने नयाँ संक्रमणमा कमी आएको राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।  यसैगरी एड्सको कारण ज्यान गुमाउनेको संख्या २३ प्रतिशतले घटेको छ । अहिले १६ हजार ४ सय २८ जना एचआईभी संक्रमितले मात्रै उपचार गराइरहेका छन । सङ्क्रमण सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, कामका लागि विदेशिने र जेलका कैदी सङ्क्रमणको उच्च जोखिममा छन् ।

 

प्रतिकृया दिनुहोस