सन्धुलीमा एक वर्षको अवधिमा ७६ घरेलु हिंसाको घटना


सिन्धुली । मंसिर १५ गते,
सिन्धुलीमा झण्डै १ वर्षको अवधिमा विभिन्न प्रकारका ११६ वटा घटना घटेको छ । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा ११६ वटा घटना जनाएको छ । सन् २०१८ जनवरीदेखि नोभेम्बरसम्मका घटनाहरुको तथ्यांकगत विवरण अनुसार सबैभन्दा बढि घरेलु हिंसा रहेको छ । वार्षिक प्रदिवेदनमा ७६ वटा घरेलु हिंसा रहेको जनाइएको छ । त्यस्तै बालिका बलात्कार ११, बालिका बलात्कारको प्रयास ४, महिला हत्या २, पुरुषको हत्या २, महिला बलात्कार ७, बलात्कारको प्रयास २ उल्लेख गरिएको छ । त्यस्तै बहुविवाह ४, बाल विवाह÷बलात्कार ३, बेचविखन १, बालिका बेचविखन तथा बलात्कार १, अपहरण तथा शरीर बन्धक र बलात्कार बालिका १, बालविवाह १, अपमानजनक व्यवहार १ गरि ११६ वटा घटना घटेको इन्सेक सिन्धुलीको तथ्यांकमा उल्लेख छ । सबैभन्दा बढी घटना कमलामाई नगरपालिकामा हुने गरेको जनाइएको छ । त्यस्तै क्रमश दुधौली, मरिण, फिक्कल, तिनपाटन र सुनकोशी गाउाँलिकामा बढि घटना घटेको जनाइएको छ । पिडित हुनेमा महिला र बालिबालिकाहरु धेरै रहेका छन् भने पिडकमा पुरुषको संलग्ना देखिएको तथ्यांकमा उल्लेख छ ।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी बिजया प्रसाइले सवै भन्दा बढी हिंसा घर–घरमा हुने गरेको भन्दै यसलाई निर्मूल पार्न स्थानीय सरकारले हरेक तह देखी वडा–वडा र घर घरमा चेतनाका कार्यक्रम सञ्चालन गर्नु पर्ने बताइन । पछिल्लो समय यस्ता तथ्यांकहरु संकलन गर्नु र घटना कम गर्नका लागि सरोकारवालाहरुसंग छलफल गर्नुले घटना कम हुने विश्वास व्यक्त गरिन । उनले यस्ता अभियानको सुरु हुनु निकै नै सकरात्मक पक्ष रहेको बताइन ।
उनले हिंसा अन्त्य गर्न कानुनको कडा कार्यान्वयनले मात्र अन्त्य नहुने भन्दै रुढिबादी परम्परा र सोचका कारण अधिकांश घटना घट्ने गरेकाले घर–घरमा सचेतनाका कार्यक्रम ल्याउन अवस्यक रहेको र यसमा जिल्ला प्रशासन कार्यालयले शहजीकरण गर्ने बताइन । यस्ता घटना कम गर्नका लागि सबै सरोकारवालाहरु एक जुट भएर लाग्नुको विकल्प नरहेको उनको भनाई छ ।

 

प्रतिकृया दिनुहोस