रामेछाप सल्ले, डुम्रिखर्क, सोलमारि सडक निर्माण भएपछि स्थानीयमा खुशियाली


रामेछाप । मंसिर १७ गते,
रामेछाप जिल्लको पुरानो सदरमुकाम  रामेछाप बजार र सदरमुकाम मन्थलीबाट नजिकै भए पनि सडक सन्जालसँग नजोडिएको  बस्तिमा सडक पुगेपछि स्थानीयमा खुशियाली छाएको छ । रामेछाप नगरपालिका वडा नम्बर  .८ को   डुम्रीखर्क , सल्ले , माथिल्लो बाबियाखर्क , धारापानी सडक निर्माण कार्य  ३ महिनामा सम्पन्न भएको छ । २०७२ भदौ ७ गतेबाट सुरु गरिएको सडक स्तरउन्नतीको काम  ३ महिनामा सम्पन्न भएको वडा अध्यक्ष केदार कार्कीले बताए । वडा नम्बर ८ वडा कार्यलयको १६ लाख ७५ हजार रकमको तेल  र नेपाली कांग्रेस रामेछापका नेता एवम समाजसेवि पुर्ण बहादुर तामाङ कान्छारामले उपलब्ध गराएको स्काइभेटर र अपरेटरको सहयोगमा ६ मिटर चौडाइको सडक निर्माण गरिएको छ । यो सडक संचालनमा आएपछि मन्थली नगरपालिका वडा नम्बर ६ भलुवाजोर, रामेछाप नगरपालिका ८ डुम्रखर्क,सल्ले , धारापानी ,कालिआँप सहित ५ गाउँका ७ सय बढि नागरीकहरु लाभन्वित हुने रामेछाप सल्ले, डुम्रीखर्क, सोलमारी सडक निर्माण समितिका अध्यक्ष हरि कुमार कार्कीले बताए ।
गाउँमै फराकिलो सडक बनेपछि आफुले उत्पादन गरेको जुनार , सुन्तला , गहत ,राजमा बेच्न पिठिउँमा बोकेर सदरमुकाम र रामेछाप बजार धाउनु पर्ने बाध्यता हटेकोमा आफुलाई खुशि लागेको  रामेछाप ८ का कृषक धन बहादुर शाहिले बताए । पर्यटन प्रवद्धनको लागि रामेछाप जिल्लाको ऐतिहासिक स्थल केवलेश्वर मन्दिर जाने सडक स्तरउन्नतीको काम पनि धमाधम भइरहेका छ ।  अब छिट्टै केहि महिना भित्रै हिमाल तराइ यातायातले रामेछाप सल्ले, डुम्रीखर्क, सोलमारि हुँदै काठमाण्डौँसम्म बस सेवा सन्चालन गर्न लागेको वडा अध्यक्ष केदार कार्कीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस