भूकम्प प्रभावित अनुदान प्रक्रिया रोकिदा सिन्धुलीका भूकम्प पीडित समस्यामा


सिन्धुली । मंसिर १८ गते,
सिन्धुलीका भूकम्प प्रभावितहरु अनुदान प्रक्रिया रोकिदा समस्यामा परेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार सिन्धुलीमा प्रमुख र लेखा अधिकृत सरुवा भएपछि अनुदान प्रक्रिया रोकिएको हो । जिल्ला आयोजना प्रमुख श्याम सुन्दर मिश्र र लेखापाल अम्बर भुजेलको १० दिन अघि सरुवा भएपछि भूकम्प प्रभावितको अनुदान सिफारिसको काम रोकिदा प्रभावित झनै समस्यामा परेका हुन् ।
प्रमुख मिश्र सरुवा भएपछि निमित्त कार्यालय प्रमुख भएर लक्ष्मण कार्कीले जिम्मेवारी निर्वाह गरिरहेको भएपनि लेखा अधिकृत नहुदा काम प्रभावित भएको कार्कीले बताए । भूकम्प प्रभावितहरुले अनुदानका लागि सबै सिफारिस गराए पनि रकम निकासाका लागि सिफारिस गर्ने लेखा अधिकृत नहुदा अनुदान प्रक्रिया रोकिएको हो ।
रकम निकासाका लागि लेखा अधिकृतले भुक्तानी आदेश कोलेनिकामा पठाउनुपर्ने छ । तर लेखा अधिकृत नहुदा समस्या भएको निीमत्त आयोजना प्रमुख लक्ष्मण कार्कीले बताए । समस्याबारे पुनःनिर्माण प्राधिकरण केन्द्रिय कार्यालयमा पटक–पटक जानकारी गराएको निमित्त आयोजना प्रमुख कार्कीले बताए । केन्द्रबाट एकरदुई निसम्ममा कर्मचारी पठाउने आश्वसन दिएको उनले बताए ।

 

प्रतिकृया दिनुहोस