रामेछापको पुरानागाउँ सिम्ले डाँडामा चौतारा निर्माण


रामेछाप । मंसिर १९ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँ सिम्लेमा दिवंगत पितृको सम्झानामा स्थानीयहरुले चौतारा निर्माण गरेका छन् । स्थानीय पदमराज आरण , प्रेमराज आरण, जयराज आरण र स्वर्गीय अर्जुन आरणका छोराहरुको कुल १ लाख ५ हजार आर्थिक सहयोगमा निर्मित चौताराको बुधबार वडा सदस्य खड्कराज आरण र मणीराज आरणले संयुक्त रुपमा एक कार्यक्रमका बिच उद्घाटन् गरे ।
बालाचतुर्दशीको दिन पराी उद्घाटन गरिएको उक्त चौतारा स्वर्गीय छविलाल आरण , तिर्थकन्या आरण , हिरन्य प्रसाद आरण , धनमाया आरण , अर्जुन आरण र बिन्दा आराणको सम्झनामा बनाइएको स्थानीय राजन आरणले जानकारी दिए । चौतारा उद्घाटन कार्यक्रममा नेकपाका स्थानीय नेताहरु गोकर्णराज आरण , रमेश गेसमाली , पुरानागाउँ स्वास्थ्य चौकीका प्रमुख राजकुमार आरण , शिक्षक देवराज गिरी लगाएतको सहभागिता रहेको थियो ।
यसैबिच स्थानीयहरुले पुरानागाउँ सिम्ले डँडामै रहेको पशुपतिको मन्दीरमा  पनि रङ रोगन गरेका छन् । हरितालिका तिज , शिवरात्री र ठुली एकादशिका दिन दर्शनार्थीको भिड लाग्ने उक्त मन्दीरमा स्थानीयहरुले २० हजार खर्चमा रङ रोगन गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस