सानो मिल्ती हाइड्रो पारवर सञ्चालकले आर्थिक अनियमितता गरेको आरोप


रामेछाप । मंसिर २० गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १३ र १४ को सिमा क्षेत्र फुलासीको ऐमनटारमा बन्न लागेको सानो मिल्तिखोला जलविद्युत आयोगानाको सञ्चालक समितिले आर्थिक हिनामिना गरेको आरोप लागेको छ । बिहिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन अयोजना गरि सो कम्पनिका सञ्चालक अध्यक्ष एवं सञ्चालक समितिका सदस्य रामबहादुर तामाङ्ले सो आरोप लगाएका हुन् ।
दक्षिण कोरियामा काम गर्ने नेपाली नागरिकहरुको लगानिमा बन्ने चर्चा रहेको सो आयोजनाको निर्माणको कामनै सुरु नभई विवादमा फसेको छ । आयोजना निर्माणको लागि ३ सय ६३ जनाबाट आयोजना सञ्चालक समितिले ११ करोड रुपैयाँ संकलन गरि सञ्चालकले सो रकम पारदर्शि नगरी हिनामिना गरेको तामाङको आरोप छ ।
२०६९ सालमा ३९ करोडको लगानिमा ३ मेगावाट विद्युत उत्पादनको प्रक्षेपण गरिएको थियो । यही मंसिर महिनाभित्र विद्युत उत्पादन गरि राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष राखिएको सो आयोजनाको हालसम्म १० प्रतिशत मात्र काम पुरा भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । आयोजना निर्माणको लागि थप ५ वर्षको म्याद थपिएको पनि उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस