बहुबर्षिय कार्यक्रम अन्तर्गत रामेछापका तीन वटा सडक कालोपत्रे हुदै,कालोपत्रेका लागि ६० करोड बजेट विनियोजन


रामेछाप । मंसिर २१ गते,
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा रामेछापको तीन वटा सडकको कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढेको छ । बहुबर्षिय कार्यक्रम अन्तर्गत रामेछापको तीन वटा सडक कालोपत्रे गर्नको लागि ठेक्का समेत आह्वान भइसकेको छ । तीन वटा सडक कालोपत्र गर्नको लागि यस आर्थिक बर्षमा ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री कैलाश ढुंगेलले बताए । कालोपत्रे हुने तीन वटा सडक अन्तर्गत मन्थली–सालु, भिरपानी–गोगनपानी–नागी, मन्थली गाल्वा–चौरी सडक रहेका छन् । पहिलो चरणमा तीन वटा सडक कालोपत्रे हुने बताउदै मन्त्री ढुंगेलले रामेछापको आठ वटै स्थानीय तहको सडकको स्तरउन्नती र कालोपत्रे गर्नको लागि आफूले विशेष ध्यान दिएको बताए ।
उहाँकाले सेलेघाट–रामेछाप–साँघुटार ४० किलोमिटर सडक कालोपत्रे गर्नको लागि पनि प्रक्रिया अगाडि बढाइएको बताए । रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ का प्रदेश सांसद समेत रहेका मन्त्री ढुंगेलले रामेछाप मुख्य सडकहरुको पहिचान भइसकेको र प्राथमिकताको आधारमा कालोपत्रे गदै लैजाने योजना रहेको पनि बताए ।

प्रतिकृया दिनुहोस