यहि मंसिर २५ गतेदेखी २९ गते सम्म रामेछापमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने


रामेछाप । मंसिर २२ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा यहि मंसिर महिनाको २५ गते देखी २९ गते सम्म जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ रामेछापले उक्त भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो । दोस्रो विर गणेशमान सिंह स्मृति कप २०७५ नाम रहेको उक्त भलिबल प्रतियोगितामा रामेछाप स्थायी घर भएका व्यक्ति , संघ संस्था र क्लबका प्रतिनिधिहरुले भाग लिन पाउँनेछन् । प्रतियोगिताको उद्घाटन पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह र पूर्व खेलकुदमन्त्री बल बहादुर केसीले गर्ने लोकतान्त्रीक खेलकुद संघ रामेछापका अध्यक्ष रमेश खड्काले शनिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । प्रतियोगितामा पहिलो हुने टिमल १ लाख ११ हजार , दोस्रो हुनेले ५५ हजार ५ सय , तेस्रो हुनेले ३३ हजार ३ सय ३३ र सान्त्वना हुनेले टिमले ११ हजार १ सय ११ रुपैया नगद सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस