विकास र समृद्धि तर्फ सरकारको ध्यान जान सकेन : नेता प्रकाशमान सिंह


रामेछाप । मंसिर २६ गते,
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकास र समृद्धि तर्फ सरकारको ध्यान नगएको बताउनुभएको छ । आज प्रेस युनियन रामेछापले  रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुखी नेपाली समृद्ध नेपाल को नारा अनुसार सरकारले काम गर्न नसकेको आरोप समेत लगाउनुभएको छ । नेता सिंहले कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दैे राष्ट्रिय तथा अन्र्तराष्टिय क्षेत्रमा समेत सरकार असफल भएको बताउनुभएको छ ।
उहाले देशको विकासमा गति लिन नसक्नुदेखी शान्ति सुव्यवस्था कायम गर्न नसक्नुले वर्तमान सरकार फस्दै गएको बताउनुभयो । कांग्रेस पार्टी सधै सशक्त भएर अघि बढेको र सधै शसक्त नै रहने पनि उहाँले बताउनुभयो । निवार्चन हारेपनि जनताको मन जितेरै छाड्ने पनि उहाँको भनाई छ । नेता सिंहले विभिन्न राजनीतिक मुद्धामा विधानलाई बेवास्त गरेर अघि बढेको कारण पार्टीमा विभिन्न गुट–उपगुट मौलाउँदै गएको बताउनुभयो  । जुनसुकै काम गर्ने बेला पनि विधान छ भन्ने कुरा कसैले पनि नसम्झिदाँ पार्टीले अहिले ठूलो दुर्घटना बेहोर्नु परेको उहाँको भनाई थियो   । पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता सिंहले सबैको कमी कमजोरीको कारण गएको निर्वाचनमा कांग्रसलाई इतिहासमै ठूलो घाटा लागेको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस