रामेछापको मन्थलीमा दोस्रो विर गणेशमान सिंह स्मृति कप भलिबल प्रतियोगिता


रामेछाप । मंसिर २६ गते,
दोस्रो विर गणेशमान सिंह स्मृति कप  जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता रामेछापको सदरमुकाम मन्थलीमा  मंगलबारदेखी सुरु भएको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ रामेछापले आयोजना गरेको खेलको उद्घाटन पूर्व उपप्रधानमन्त्री  एवं कांग्रेस नेता प्रकाशमान सिंह र पूर्व खेलकुदमन्त्री बल बहादुर केसीले गर्नुभएको थियो । सदरमुकाम मन्थलीमा रहेको जिल्ला समन्वय समितिको खेल मैदानमा भएको खेलमा जिल्ला भरीका १२ टिमले भाग लिएका छन् । लिकम नकआउटको आधारमा  खेलाइएको पहिलो खेल रामेछाप नगरपालिकाले मन्थली माध्यामिक विद्यायालयको सामना गरेको छ  । जसमा रामेछाप नगरपालिका २५—१६ र २५—१५ ले  विजय भएको छ । बुधबार बिहान ७ हुने दोस्रो खेलमा साँस्कृतिक समाज र मन्थली डिप्लोमा ले खेल्ने छन् ।  प्रतियोगितामा पहिलो हुने टिमल १ लाख ११ हजार , दोस्रो हुनेले ५५ हजार ५ सय , तेस्रो हुनेले ३३ हजार ३ सय ३३ र सान्त्वना हुनेले टिमले ११ हजार १ सय ११ रुपैया नगद सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । खेल आगामी २९ गतेसम्म चल्नेछ ।

 

प्रतिकृया दिनुहोस