भूकम्पले भत्किएका सिन्धुलीका विद्यालय भवनहरु धमाधम पुनर्निर्माण


सिन्धुली । मंसिर २६ गते,
वि.स.२०७२ साल वैशाखमा गएको शक्तिशाली भूकम्पले भत्किएका सिन्धुलीका विद्यालय भवनहरु धमाधम पुनर्निर्माण भइरहेका छन् । कतिपय विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ । विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएपछि विद्यार्थीलाई पठनपाठनमा सुविधा भएको छ । पछिल्लो समयमा कमलामाई नगरपालिकाको रातमाटा ट्यांकीमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण सम्पन्न भएको छ ।
एसियाली विकास बैंकको करिव ६ करोड ८९ लाख रुपैयाँको अनुदानमा सुविधा सम्पन्न विद्यालय भवनको निर्माण भएपछि सो विद्यालयका विधार्थीले सहज वातावरणमा अध्ययन गर्न पाएका छन् । एसियाली विकास बैंकको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशतको लागतमा एसियाली मोडलमा निर्माण गरिएका भूकम्प प्रतिरोधी यो विद्यालय भवनले करिव ८ रेक्टरस्केलसम्मको भूकम्प थेग्न सक्ने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस