रामेछापको साँघुटार थाक्लेमा दुई दिने घुम्ती शिविर सुरु


रामेछाप । पौष १८ गते,
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारको थाक्लेमा बुधबारबाट २ दिने घुम्ती शिविर सुरु भएको छ । थाक्लेको सेतीदेवी अधारभूत विद्यालयमा सुरु भएको शिविरमा नागरपालिका भित्रका तीनवटा वडाहरु देउँराली , साँघुटार र गोठगाउँका सर्वसाधारणले घर दैलोमानै सरकारी सेवा पाएका छन् । शिविरको एक कार्यक्रमका बिच नागरिकता प्रमाणपत्र वितरण गरेर रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले सुभारम्भ गरेका थिए  ।
 शिविरको पहिलो दिन बुधबार ५ सय भन्दा बढी सर्वसाधारणहरुले जिल्ला स्थित विभिन्न सरकारी निकायहरुबाट प्रदान हुने सेवा पाएका छन् । स्थानीयहरुले घर दैलोमानै सेवा पाएकाले संघियताको अवधारण महसुश भएको प्रतिक्रिया दिएका छन् । शिविर मार्फत तीन वडाका नागरिकहरुले नागरिकताको प्रमाणपत्र , व्यक्तिगत घटना दर्ता , स्वास्थ्य परामर्श , पुननिर्माणका बिषयमा प्राविधिक सेवा र उपद्योग तथा वन सम्बन्धी सेवाहरु लिएका छन् ।
शिविरमा २ वटा व्यवासय दर्ता , ४ वटा उद्योग दर्ता र २ वटा व्यवसाय नविकरणबाट ३७ हजार ५० रुपैया राजश्व संकलन भएको घरेलु तथा साना उद्योग विकास समिति रामेछापका प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिए । शिविर मार्फ ५४ जना सर्वसाधारणले नेपाली नगरिकताको प्रमाणपत्र लिएका छन् । शिविरका लागि रामेछाप जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुका प्रमुखहरु साघुटारको थाक्लेमै रहेको हाम्रा सहकर्मी कैलाश खत्रीले जानकारी दिए

 

प्रतिकृया दिनुहोस