सेतीदेवी आधारभूत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण


रामेछाप । पौष १८ गते,
रामेछाप जिल्लाको साँघुटार स्थित थाक्लेमा रहेको सेतीदेवी आधारभूत विद्यालयको नवनिर्मित भवन बुधवार विद्यालयलाई हस्तान्तरण गरिएको छ । भूकम्पको क्षेति पछि निर्माण गरिएको विद्यालय भवन रामेछाप नगरपालिका प्रमुख नर बहादुर थापा , प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा र जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख हेमन्त कुमार बुढाथोकीले संयुक्त रुपमा विद्यालयलाई हस्तान्तरण गरेका हुन् । नयाँ भवन पएसंगै विद्यालयमा अध्ययनरत विद्यार्थी ,अभिभावक र शिक्षकहरु हर्षित भएका छन् । कार्यक्रममा बोल्दै जिल्ला आयोजना कार्यान्वयन शिक्षा प्रमुख हेमन्त बुढाथोकीले नयाँ भवन बनेसंगै अब गुणस्तिरिय शिक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

 

प्रतिकृया दिनुहोस