रामेछापको मन्थली नगरपालिकामा गैसस समन्वय समिति गठन


रामेछाप । पौष १८ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिकामा गैरसरकारी संस्था समन्वय समिति गठन भएको छ । बुधबार मन्थली नगरपालिकाकी उपप्रमुख माया कुमारी कार्कीको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको समन्वय बैठकले दिपशिखा ब्वाइजका अध्यक्ष सोनु रोक्काको संयोजकत्वमा ९ सदस्यि समिति गठन गरेको हो । नवगठित समितिको सदस्यहरुमा लेख बहादुर विक, श्याम श्रेष्ठ, छत्र मुग्राती , सिताराम लोहार , सम्झना श्रेष्ठ , मिना दाहाल र श्याम कुमार कार्की रहेको गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठले जानकारी दिए । नवगठित समन्वय समितिले नगरपालिका भित्र रहेको गैरसरकारी संस्थाहरुसंग सहकार्य गरेर काम गर्ने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस