रामेछापको साँघुटारमा संचालित दुई दिने घुम्ती शिविर सम्पन्न, अपाङग भएका नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान


रामेछाप । पौष १९ गते,
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारको थाक्लेमा २ दिने घुम्ती शिविर बिहिबार सम्पन्न भएको छ । बुधबारबाट थाक्लेको सेतीदेवी अधारभूत विद्यालयमा भएको शिविरमा नागरपालिकाका तीनवटा वडाहरु देउराली, साँघुटार र गोठगाउँका सर्वसाधारणले  जिल्ला स्थित विभिन्न सरकारी कार्यालयबाट प्रवाहा हुने सेवा घर दैलोमानै पाएका छन् ।
रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले नागरिकता प्रमाणपत्र दिएर शुभारम्भ गरेको शिविरबाट १ सय ३६ जनाले नेपाली नागरिकताको प्रमाण पत्र र १२ जनाले नगरिकता प्रमाणपत्रको प्रतिलिपि लिएको जिल्ला प्रशासनका नायव सुब्बा लक्ष्माण भुजेलले जानकारी दिए  । उनका अनुसार रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारमा पुर्ण अपाङगता भएका २६ बर्षिय पुर्ण बहादुर श्रेष्ठको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी शर्माले नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेका थिए ।
शिविरमा उद्योग तथा वाणिज्य  दर्ता १३ र २  वटा व्यवसाय नविकरणबाट ६८ हजार राजश्व संकलन भएको घरेलु तथा साना उद्योग विकास समिति रामेछापका प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिए । शिविर मार्फत १ सय ७५ भन्दा बढि सर्वसाधारणको फोटो सहितिको मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका कम्प्युटर अप्रेटर लोकन्द्र बहादुर थापा मगरले जानकारी दिए ।  
शिविरमा रामेछाप नगरपालिका मार्फत प्रवाह हुने विभिन्न सेवा पनि सर्वसाधारणले घर दैलोबाटै लिएका छन् । नगरपालिकामा १४ वटा व्यवसाय दर्ता , ६ वटा व्यवसाय नविकरण भएको र ९ जनाले नक्सा लिएको रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वर राज दाहालले जानकारी दिए । सर्वसाधारणले घर दैलोमानै सेवा पाएकाले संघियताको अवधारण महसुश भएको प्रतिक्रिया दिएका छन् । शिविर मार्फत तीन वडाका नागरिकहरुले नागरिकताको प्रमाणपत्र , व्यक्तिगत घटना दर्ता , स्वास्थ्य परामर्श , पुननिर्माणका बिषयमा प्राविधिक सेवा , उद्योग तथा वन सम्बन्धी सेवाहरु लिएका छन् ।

 

प्रतिकृया दिनुहोस