न्यु खिम्ती सवस्टेसनबाटै रामेछापको तीन सवस्टेसनमा विद्युत जोडिदै


रामेछाप । पौष १९ गते,
रामेछापको सदरमुकाम मन्थलीमा देवीटारमा बन्न लागेको सव स्टेसनबाटनै विद्युत वितरण गरिने भएको छ । यसबाट बारम्बार विद्युत जाने समस्याबाट रामेछाप मुक्त हुने भएका छन् ।
प्राधिकरणले १३२ ÷३३ केभी न्यु खिम्ती सब स्टेसनबाट दोरम्बा गाउँपालिकाको दोरम्बामा निर्माण भइरहेको सबस्टेसनमा पनि विद्युत जोडने छ । त्यसैगरी बाम्ती भण्डारमा पनि देवीटारबाटै  लाइन जोडिने छ । देवीटारबाट मन्थली सवस्टेसनमा जडान हुने विद्युतबाटै साँघुटारमा  निर्माणधिन सवस्टेसनमा पनि ३३ केभी प्रसारण लाइन जोडिने छ ।
रामेछापको खाँडादेवी गाउँपालिकाको राकाथुममा निर्माणाधिन सवस्टेसनमा भने खुर्कोट मार्फत विद्युत प्रशारण लाइन जोडने भएको छ । लामोसाँघु र ढल्केवर, सिन्धुली हुँदै मन्थलीमा जडान भएको लाइनमा ट्रिपिङको कारण बारम्बार समस्या आइरहेको नेपाल विद्युत प्राधिकरण रामेछापले जनाएको छ ।  ।

 

प्रतिकृया दिनुहोस