रामेछापमा जिल्ला स्तरीय लैगिक हिँसा नियन्त्रण सञ्जाल समिति गठन


रामेछाप । पुस २३ गते,
रामेछापमा जिल्ला स्तरीय लैगिक हिँसा नियन्त्रण सञ्जाल समिति गठन भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक अमरेन्द्रबहादुर सिंहको अध्यक्षतामा भएको अधिकारकर्मीहरु तथा सरोकारवालाहरुको भेलाले सो सञ्जाल गठन गरेको हो ।
प्रहरी नायव उपरिक्षकको संयोजकत्वमा बनेको सो समितिमा जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी सहायक निरिक्षक शनिश्वर थपा सदस्य सचिव रहेका छन् । समितिमा बार अध्यक्ष, गैसस महासंघका प्रतिनिधि, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल पत्रकार महासंघका प्रतिनिधि, इन्सेक जिल्ला प्रतिनिधि,नागरिक समाजका प्रतिनिधहरु, शिक्षा समन्वय इकाई, विद्यालय प्रतिनिधि, बालक्लव सञ्जाका प्रतिनिधि लगायत सदस्य रहेका छन् ।
समितिले लैगिक हिँसा नियन्त्रणको लागि विभिन्न कार्यक्रम गर्ने प्रहरी प्रमुख सिंहले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस