रामेछापका यूवा नेताहरु व्यवसायमा व्यस्त


रामेछाप । पौष २३ गते,
रामेछाप जिल्लाका यूवा नेताहरु व्यवसायमा लाग्ने क्रम बढ्दो छ । जिल्लामा बसि प्रमुख राजनितिक पार्टीमा आवद्ध भै लामो समयदेखी राजनीति गरिरहेका यूवा नेताहरुको व्यवसायमा आकर्षण बढेको हो ।
व्यवसायमा आकर्षित भएका नेताहरु अन्य व्यवसायभन्दा होटेल व्यवसायमा बढि लागेका छन् । अहिले नेपाल कम्युनिष्ट पार्टी रामेछापका प्रस्तावित सचिव आनन्द श्रेष्ठ , नेपाली कांग्रेसका सचिव लेख बहादुर कार्की अहिले व्यवसायमा व्यस्त देखिन्छन् ।
नेकपा सचिव श्रेष्ठले रामेछापको सदरमुकाम मन्थलीको हाटेचौर जाने बाटोमा आप्mनै घरमा कफी सप संचालन गरेका छन् । नेपाली कांग्रेसका सचिव कार्कीले देवकोटा चोक नजिक आफ्नै घरमा पहुनाघर होटेल संचालन गरेका छन् ।
नेकपा नेता गोपाल श्रेष्ठ र नेपाली कांग्रेस जिल्ला सदस्य लाल बहादुर तामाङ पनि व्यवसायमै लागेका छन् । नेकपा नेता श्रेष्ठले मन्थली स्थित बसपार्क र गाइखुरामा टायर रिसोलिङ सेन्टर संचालन गरेका छन् भने कांग्रेस नेता तामाङले रामेछाप नगरपालिका भालुखोपमा रिसोर्ट संचालन गरिरहेका छन् ।
नेकपाका प्रस्तावित सचिव आनन्द श्रेष्ठले नेताहरुले व्यवसाय गर्नुपर्छ भनेर भाषण गर्ने गरेपनि केहि नगर्ने प्रथा रहेकाले त्यसलाई तोड्न आफुले व्यवसाय सुरु गरेको बताए । नेताहरु उत्पादनसंग जोडिनुपर्छ भन्ने मान्यता पार्टीको रहेकाले त्यसैलाई आत्मसाथ गरी  राजानिति संगै व्यवसायमा लागेको उनको भनाई छ ।
दैनिक हजारौं यूवाहरु रोजगारीका लागि विदेश गहिरहेको वर्तमान समयमा स्वदेशमै पनि कम लगानीमा पनि आयआर्जन गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि पनि आफूले व्यवसाय सुरु गरेको नेकपा नेता श्रेष्ठको भनाई छ । मन्थलीमा होटल व्यवसाय संचालन गरिरहेका नेपाली कांग्रेसका सचिव लेख बहादुर कार्कीले राजनीतिक निरन्तरताका लागि व्यवसाय अत्यावश्यक रहेकाले आफू व्यवसायमा लागेको बताए ।  जीवन निर्वाहाका लागि पनि व्यवसाय आवश्यकता भएपनि लामो समयदेखी लागि रहेको राजनितिलाई प्रभावकारीताका साथ निरन्तरता दिन व्यवसायमा लागेको उनको भनाई छ ।

 

प्रतिकृया दिनुहोस