मन्त्री ढुंगेललाई रामेछापको ओख्रेनीमा सुन्तलाको माला


रामेछाप । पौष २४ गते,कैलाश खत्री,
प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेललाई रामेछापको रामेछाप नगरपालिका ६ ओख्रेनीका स्थानीयहरुले सुन्तलाको माला लगाइदिएका  छन् । सुन्तला जुनार र फलफूल तरकारीको राजधानि मानिने ओख्रेनीमा स्थानीयहरुले मन्त्री ढुंगेल त्यहा पुगेका बेला मंगलबार सुन्तलाको माला लगाइदिएका हुन् ।
रामेछाप जिल्लामा उत्पादन हुने जुनार सुन्तला मध्य ७५ प्रतिशत उत्पादन ओख्रेनीमा हुने गरेको छ । सुन्तलाको माला लगाउदै मन्त्री ढुंगेलले ओख्रेनीको जुनार सुन्तला उत्पान क्षेत्रलाई विस्तार गर्न र राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरमा बजार प्रवर्धनका लागि सक्दो सहयोग गर्ने प्रतिपद्धता जनाए । रामेछाप जिल्लाको पहिचानका रुपमा रहेको जुनार खेतिलाई विस्तार गर्नुपर्नेमा उनले जोड दिए । उनले जुनार सुन्तला खेतीमा योजना बनाएर आउने किसानलाई आफूले बजेट दिने बताए । रामेछाप जिल्लाको आर्थिक समृद्धिको मुख्य आधार जुनार सुन्तला भएको उनको भनाई छ ।
जुनार सुन्तलाको बगैचासम्म पक्की सडक पुर्उने र फलफूल विशेषज्ञहरुलाई किसानको बँगौचासम्म पुराउने आफ्नो योजना रहेको उनको भनाई छ । जुनारमा संक्रमण भएको भन्दै स्थानीय कृषकहरुले यसको समाधान गरिदिन मन्त्री ढुंगलसंग आग्रह गरेको स्थानीय कृषक यूगराज पाख्रीनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस