रामेछापको हिमगंगामा रहेको रेणुकादेवी माध्यामिक विद्यालयको भवन हस्तान्तरण


रामेछाप । पौष २४ गते,
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगा बसेरी स्थित धारापानीमा रहेको रेणुकादेवी माध्यामिक विद्यालयको भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले सो विद्यालय भवन हस्तान्तरण गरेका हुन् । जिल्ला आयोजना कार्यान्यन इकाई रामेछापको कुल ८७ लाख ४५ हजार आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त विद्यालयको  ६ वटा कोठा रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न बहादुर नेवारको अध्यक्षतामा भएका कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद शान्ति प्रसाद पौडेल, संधिानसभाका पूर्व सभासद तारानारायण श्रेष्ठ , जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का , जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख हेमन्त कुमार बुढाथोकी , नेकपाका सचिव आनन्द श्रेष्ठ , नेपाली कांग्रेस जिल्लला कार्य समिति रामेछापका सदस्य लाल बहादुर तामाङ, वडा नम्बर ४ का अध्यक्ष टुपेन्द्र तामाङ लगाएतले बोलेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले भवन सम्पन्न भएसंगै पठन पाठनमा सुधार आउनुपर्नेमा जोड दिए । शिक्षा क्षत्रको सुधारका लागि आवश्यक पर्ने बजेटमा कुनै कमि हुन नदिने उनीहरुको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस