माघे सङक्रान्ति नजिकिएसंगै रामेछापको हाट बजारमा तरुलको व्यापार बढ्यो

माघे सङक्रान्ति नजिकिएसंगै रामेछापको हाट बजारमा तरुलको व्यापार बढ्यो
रामेछाप । पौष २६ गते,

रामेछाप जिल्लाको हाट बजारमा बजारमा तरुलको व्यापार बढेको छ । माघेसंक्रन्ति नकिकिएसँगै तरुलको व्यापार बढेको यापारीहरुले बताएका छन्  । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा लाग्ने विहिबारे हाटमा तरुलको व्यापार निकै बढेको छ । हाटमा तरुल बेच्न र किन्नका लागि रामेछाप र सिन्धुली जिल्लाका विभिन्न गाउँहरुबाट मानसहरु रामेछाप बजारको विहिबारे हाटमा आएका छन् । विहिबारे हाटमा तरुल किलोको २ सय ५० रुपैयाँमा किनबेच भैरहेको व्यापारीहरुले बताएका छन् । जिल्लाको विभिन्न बजार क्षेत्रमा पनि तरुलको व्यापार बढेको छ । हाट बजारमा तरुल मात्रै हैन माँघे संक्रान्तिका लागि आवश्यक पर्ने अन्य सामग्रीहरुको पनि व्यापार बढेको व्यापारीहरुले बताएका छन ।

प्रतिकृया दिनुहोस