मन्थली नगरपालिकाको सडक गुरुयोजना अन्तिम चरणमा


रामेछाप । पौष २७ गते, कैलाश खत्री,
 वि.सं २०७१ सालमा घोषणा भएको मन्थली नगरपालिकाले सडक गुरुयोजना यसै वर्षको चैत महिनाभित्र बनाई सक्ने भएको छ । सडक गुरुयोजना बनाउनको लागि विज्ञहरुलाई समावेश गरिएको छ । नगरपालिकामा अहिले ५ सय १७ दशमलव ६ किलोमिटर कुल सडक रहेको छ । जसमा ४ सय ७७ दशमलव ८ किलोमिटर कच्ची सडक रहेको छ । पक्की पिच सडक भने २७ दशमलव ८ किलोमिटर रहेको छ ।
जुन सडक पुष्पलाल राजमार्ग क्षेत्रभित्रको देविटार,कठजोर देखी सुकाजोर खोलासम्म र मन्थली बजार क्षेत्रदेखी खुर्काेटको  पुलसम्मको  भाग पर्दछ  । नगरपालिका भित्र ग्राभेल तथा सोलिङ सडक १२ कि.मि रहेको छ । पछिल्लो समय नगरपालिकाभित्र सडक विस्तारको काम तिब्र भइरहेको  मन्थली नगरपािलकाका इन्जिनियर डिल्ली बहादुर अधिकारीले  जानकारी दिए ।  अब व्यवस्थित गुरुयोजना बनेर कार्यान्वयनमा आएपछि  सडक सञ्जाल सुविधायुक्त हुने उनको भनाई छ । इन्जिनियर अधिकारीका अनुसार नगरपालिकाका सबै वडाहरुमा सिधा बस सेवाको पहुँच पुगिसकेको छ ।
नगरपलिकाको ग्रामिण भेगमा खनिएका सडकमा यात्रुबहाक तथा मालबहाक सवारी साधन सञ्चालन गर्न सक्ने बनाउन स्तरोन्नती भईरहेको जानकारी दिए  । यस्तै मन्थली नगरपालिकाका नगर प्रमुख  रमेश कुमार बस्नेतले ग्रामिण विकासको मुख्य आधार सडक भएकाले मन्थली नगरपालिकाले १४ वटै वडा भित्र रहेका मुख्य र  सहायक सडकलाई व्यवस्थित बनाउनु कामलाई अघि बढाएको  बताए ।  बाह्रै महिना सडमा सवारी साधन चल्ने बनाउने गरि धमाधम काम भइरहेको  बताए । त्यसैगरि मन्थली बजार क्ष्ोत्रमा बाइपास सडक बनाउने काम भइरहेको पनि नगर प्रमुख बस्नेतले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस