रामेछापको गोकुलगंगामा संचालित एकीकृत घुम्ती शिविर सम्पन्न


रामेछाप । पौष २७ गते,
रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकामा संचालित दुई दिने एकीकृत घुम्ती शिविरबाट ३सय ४ जनाले नेपाली नागरिकता लिएका छन् । गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा विहिबार र शुक्रबार संचालन भएको घुम्ती शिविरमा मतदाता नामावली समेत शंकलन गरिएको छ ।  विभिन्न कारणले नागरिकता लिन नसकेका तथा सदरमुकाम आउन नसकेका स्थनीयलाई लक्षित गरी एकीकृत घुम्ती शिविर मार्फत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिए । सदरमुकाम मन्थलीमा रहेर सेवा प्रवाहा गरिरहेका विभिन्न सरकारी कार्यालयहरुको समेत सेवा प्रवाहा गरिएको शिविरबाट २० वटा व्यवसाय दर्ता तथा नविकरण गरिएको छ ।
गाउँघरबाटै नागरिकता लगाएत विभिन्न सरकारी कार्यालयबाट प्रवाहा हुने सेवा लिन पाउँदा  स्थानीयहरु खुसी भएको बताए । गोकुलगंगा गाउपालिकाको वडा नम्बर ३ को कार्यलय रस्नालुमा संचालित शिरिमा वडा नं. १ देखि वडा नम्बर ६ सम्मका स्थानीयले सेवा लिएको गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिब कुमार राइले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस