चालु आर्थिक बर्षको पुस सम्म रामेछापमा सवारी कारवाहीबाट ४७ लाख बढि जरिवाना संकलन


रामेछाप । पौष २८ गते ,
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी साधनको चेकजाचमा थप कडाई गरेको छ । पछिल्लो समयमा ट्राफिक नियमको उलंघन गरि सवारी चलाउने गरेपछि थप कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरिक्षक कुशहरि भण्डारीले बताए । चालु आर्थिक बर्षको पौष सम्म ट्राफिक नियमको उलंघन गर्ने ६ हजार ८ सय ९६ वटा सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका यी सवारी साधनबाट ४७ लाख १२ हजार ५ सय जरिवाना संकलन भएको  ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख भण्डारीको भनाई छ । उनका अनुसार तोकिएभन्दा बढि भाडा असुल गर्ने सवारीलाई पनि कारवाही  गरी बढि लिएको भाडा सम्बन्धीत ब्यक्तिलाई फिता गरिएको छ । पुस महिनामा मात्र रामेछाप जिल्लामा ३ वटा सवारी दुर्घटना भएको उनले बताएका छन् । जसमा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । ट्राफिक नियमको पालना नगरेको,बढि भाडा असुलेको,क्षमता भन्दा बढि यात्रु बोकेको , मापसे गरेको पाइए ०४८–५४०२५६ मा या जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा फोन गरेर जानकारी गरी सहयोग गर्न सर्वसाधारणलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवैलाई आव्हान समेत गरेको छ ।

 

प्रतिकृया दिनुहोस