साहारा वचत तथा ऋण सहकारी संस्था मन्थली रामेछापको एक बर्षमा १९ लाख नाफा

 
रामेछाप । पौष २८ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक बर्षमा १९ लाख बढि खुद नाफा कमाएको छ । शनिबार सदरमुकाम मन्थलीमा भएको संस्थाको १३ औ साधारणसभामा सहकारीले आर्थिक बर्ष २०७४÷०७५ को एक बर्षको अवधीमा १९ लाख २ हजार ८ सय २५ रुपैया २५ पैसा नाफा कमाउन सफल भएको जानकारी गराइएको हो । संस्थाका अध्यक्ष मिलन कुमार घिसिङको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा संस्थाका कोषध्यक्ष शिव श्रेष्ठले संस्थाको आर्थिक अवस्थाका बारेमा जानकारी दिएका हुन् । ३ हजार १ सय ७ जना शेयर सदस्य रहेको सहकारीको हाल १ करोड ४१ लाख १९ हजार ७ सय शेयर पँुजि र १८ करोड भन्दा माथि कुल पुजी रहेको कोषाध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको सहकारीको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभामा बोल्दै मन्थली नगरपालिकला प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिकाको आर्थिक विकासका लागि सहकारीसंग मिलेर सहुलियत ऋण दिने व्यवस्था गर्न नगरपालिका तयार रहेको बताए । तर सहुलिय ऋण लाने व्यक्ति पौरखी हुनेपर्ने र त्यो ऋण उत्पादन क्षेत्रमा लगानी हुनुपर्ने उनको भनाई छ । उनले मुलुकको आर्थिक विकासका लागि सहकारी क्षेत्रले पनि एउटा खम्बाको रुपमा काम गरिरहेको भन्दै अबको दिनमा सहकारीले बढि मात्रामा कृषि क्षेत्रमा ऋण प्रवाहा गर्नुपर्नेमा जोड दिए । मन्थली नगरपालिका भित्रका खेती योग्य जमीन र पानीका मुहानहरुको संरक्षण गर्नु अहिले अवश्यक रहेकाले यसमा सहकारीले पनि रोल खेल्नुपर्ने नगर प्रमुख बस्नेतको भनाई छ ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मिलन कुमार घिसिङले सहकारीका शेयर सदस्यहरु अब जीविको पार्जन गर्ने मात्रै नभै व्यवसायीक बन्नुपर्ने बताए । संस्थाको १८ करोड पँुजी बढि भन्दा बढि उत्पादन क्षेत्रमा लगाउन शेयर सदस्यहरु कटिवद्ध भएर व्यवसायमा लाग्नुपर्ने उनको भनाई छ । साहारा बचत तथा ऋण सकारीले १३ बर्षको अन्तरालमा लैङ्गीक समानता र सामाजिक समावेशीकरणको पाटोमा पनि भुमिका खेलेको भन्दै अझै सहकारीले यस्ता सामाजिक आन्दोलनहरु गर्न आवश्यक रहेको उनले बताए । कार्यक्रममा सहकारीका सचिव वलराम लामाले सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा तथा सुपरिवेक्षण समितिका संयोजक कुमार श्रेष्ठले आफ्नो समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस