मन्थली खानेपानी उपभोक्ता समितिको १९ औ साधारणसभा सम्पन्न


रामेछाप । पौष २८ गते,
रामेछापको सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १९ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष रामचन्द्र वियोगीको अध्यक्षतामा भएको बार्षिक साधारणसभाको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले उद्घाटन गरेका थिए । साधारणसभालाई मन्थली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नारायणदाश श्रेष्ठ , नेकपाका नेता आनन्द श्रेष्ठ , खानेपानी उपभोक्ता महासंघका अध्यक्ष लेख बहादुर कार्की ,  खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका प्रमुख लोक बहादुर चौलागाई लगाएतले बोलेका थिए । मन्थली खानेपानी उपभोक्ता समितिको बचत पँुजि २८ लाख ५९ हजार १ सय ८२ रहेको समितिका कोषाध्यक्ष उद्धव प्रसाद घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । मन्थलीको तामाकोसी नदि किनारबाट तानिएको पानी मन्थलीको बादी चौरमा ट्याङमा संकलन गरी मन्थली बजार बासीलाई खानेपानी बितरण गरिरहेको छ । अहिले समितिले ८ सय ६९ वटा धारा मार्फत घरघरमा खानेपानीको सुविधा दिएको छ ।

 

प्रतिकृया दिनुहोस