रामेछापको एक मात्र संस्कृत विद्यालय सारदा संस्कृत माविको पुननिर्माण अन्तिम चरणमा


रामेछाप । पौष ३० गते,
रामेछाप जिल्लाकै एक मात्र संस्कृत विद्यालय श्री सारदा संस्कृत माविको  पुननिर्माण अन्तिम चरणमा पुगेको  छ । २०७२ वैशाखको भूकम्पले पुर्ण क्षति पुगेको रामेछाप नगरपालिका वडा नम्बर ८ बाँबियाखर्कमा रहेको विद्यालय भवनको अब सामान्य काम मात्रै बाकि रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा रामेछापले जनाएको छ  ।
निर्माणको केहि काम जारी रहेकाले विद्यालय भवन आगामी माघ दोस्रो हप्ता सम्म समुदायलाई हस्तान्तरण गरिसक्ने जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा रामेछापका प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिए  । प्रमुख बुढाथोकीका अनुसार निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको सो विद्यालयको ९ करोड ६५ लाख २८ हजार ३ सय ६० लागत छ । भूकम्प गएको साँढे ३ वर्षपछि बन्न लागेको सो विद्यालयको  ५ वटा पक्कि भवन अपाङग र बालमैत्रि  छ ।
उक्त विद्यालय भूकम्पिय आपलकालीन सहायता आयोजना कार्यक्रम अन्तर्गत एशियाली विकाश बैकको आर्थिक सहयोग र जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षाको अनुदान व्यवस्थापना निर्माण भैरहेको छ । लुम्बिनी खानी जेभी काठमाण्डौ बानेश्वर निर्माण कम्पनीले २०१७ अप्रिल ७ तारिखमा आयोजना सम्झौता गरेको भवनको निर्माण सम्पन्न गर्नुपर्ने समय २०१८ जुलाई ६ तारिखमै समाप्त भैसको छ ।
निर्माण सम्पन्न गर्नुपर्ने समय सकिसकेको भएपनि अब छिट््टै सहयोगी दाताले विद्यालय हस्तान्तरण गर्न लागेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिपक घिमिरेले जानकारी दिए । वर्षातको समयमा विद्याय पुन निर्माण भइरहेका अवस्थामा पानीको भेल पस्दा पुन निर्माणमा केहि समस्या  भएको कारणले पनि काममा  ढिलाई भएको अध्यक्ष घिमिरेको भनाई छ । रामेछाप जिल्लाको एकमात्रै सारदा संस्कृत माध्यामिक विद्यालयमा शिशु कक्षादेखी  १२ सम्म संस्कृत भाषामै पठनपाठन हुँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस