अबैध रुपमा अण्डा भित्रदा रामेछापका उत्पादक मार्कामा :अवैध अण्डा ल्याउने गाडी कृषकहरुको नियन्त्रणमा


रामेछाप । माघ १० गते ,
रामेछाप जिल्लामा अवैध रुपमा गुणस्तरहीन अण्डा भित्रदा स्थानीय अण्डा उत्पादकहरु मर्कामा परेका छन् । रामेछाप जिल्लामा तराइका विभिन्न भागबाट क्वारेण्टाइन समेत छलेर अवैध अण्डा भित्रने गरेको पाइएको छ ।
यसरी अवैध रुपमा भित्रिएको अण्डा सहितको गाडी बिहिबार स्थानीय अण्डा उत्पादक व्यवसायीहरुले नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् ।
रामेछाप अण्डा उत्पादक संघले बिहिबार अवैध रुपमा मन्थलीमा अण्डा लिएर आएको गाडीलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् । ज १ च १०७५ नं को गाडीले ना १ क ९०५७  नं को गाडीको क्वारेण्टाइन बनाएर ल्याएको अण्डा सहितको गाडी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको अण्डा उत्पादक संघ जिल्ला तदर्थ समितिका संयोजक सुमन श्रेष्ठले बताए ।
सो गाडीले क्वावारेण्टाइन लिएको मिति समेत सच्याएको पाइएको उनले बताए । २०७५ पुस २९ गते ७२ घण्टाको लागि क्वारेण्टाइन पास लिएको सो गाडीले मिति समेत सच्याएर २०७५ माघ १० गते बनाई ल्याएको उनले बताए ।
उनीहरुले १० कार्टुन अण्डा सहितको गाडी जिल्ला प्रहरी कार्यालय रामेछापमा बुझाएका छन् ।  यस अघि पनि यसैगरी अवैध अण्डा लिएर आउने गाडीहलाई आफूहरुले फिर्ता पठाइदिएको उनले बताए ।

 

प्रतिकृया दिनुहोस