स्वास्थ्य पुर्वाधार बिकासमा रामेछाप सबल हुनुपर्नेमा सरोकारवालाको जोड


रामेछाप ।  माघ १० गते,
रामेछाप जिल्ला स्वास्थ्य पूर्वााधारको हिसावले अत्यन्तै कमजोर रहेको भन्दै जिल्लालाई यस क्षेत्रमा सवल बनाउनुपर्ने कुरामा सरोकारवालाले जोड दिएका छन । मन्थली नगरपालिकाले बुधबार रामेछापको मन्थलीमा आयोजना गरेको स्वास्थ्य तथा पुर्वाधार विकास सम्बन्धि अन्तरकृया एवं अभिमुखीकार्यक्रममा उनीहरुले यस्तो बताएका हुन्  ।  कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले भूकम्पपछि रामेछाप जिल्ला र मन्थली नगर क्षेत्र भित्रका स्वास्थ्य संस्थाहरुको पुन निर्माणको गति अत्यन्तै सुस्त र कमजोर भएको गुनासो गरे ।
नगर क्षेत्र भित्रको सरकारी जग्गाको भोगाधिकार गर्ने निर्णयको अधिकार स्थानीय तहलाई नदिँदा स्वास्थ्य संस्थाहरुलाई जग्गा उपलब्ध गाराउन कठिनाइ भैरहेको पनि उनले बताए । नेकपा रामेछापका सचिव आनन्द श्रेष्ठले स्वास्थ्य संस्थाको भौतिक संरचनाहरुको विकास भयो भने मात्र प्रभावकारी सेवा प्रवाह गर्न सहज हुने भएकोले त्यस तर्फ सम्बन्धित निकायको आग्रह गरे ।
नेपाली काग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले यतिबेला नागरिकलाई संवैधानिक हक अन्तर्गत छिटो छरितो र निशुल्क स्वास्थ्य सेवा दिनुपर्ने अवस्थामा कसले स्वास्थ्य केन्द्रलाई जग्गा देला र भवन बनाउला अनि सेवा प्रावाह गरैला भनेर बस्नु मुर्खता भएको बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेलले स्वास्थ्य पुर्वाधारको डिजाइन तथा निर्माण सम्बन्धि निर्देशिका जारी भई लागु भैसकेको अवस्थामा पनि गाउँमा पुरानै शैलिबाट स्वास्थ्य संस्थाका भवनहरु निर्माण भैरहेको पाइएकोले त्यसलाई परिवर्तन गरी हालको निर्देशिका बमोजिम काम गर्नु पर्नेमा जोड दिए ।
स्वास्थ्य मन्त्रालका वरिष्ठ जनस्वास्य प्रशासक  प्रणय कुमार उपाध्यायले स्वास्थ्य पुर्वाधारको डिजाइन तथा निर्माण सम्बन्धि निर्देशिकाको बारेमा जानकारी गराए । उनले   अब बन्ने संरचनाहरु निर्देशिका बमोजिम बनुन् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए ।

 

प्रतिकृया दिनुहोस