रा बा बैक को स्थापना दिवस मन्थलीमा पनि मनाइयो


रामेछाप । माघ १० गते,
राष्ट्रिय बाणिज्य बैक  मन्थली शाखाले पनि आफ्नो ५४ औ स्थापना दिवस चियापान सहित औपचारिक कार्यक्रमको आयोजना गरि मनाएको छ । शाखा प्रवन्धक अच्युत बिष्टको अध्यक्षता एवं मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा चियापान सहित स्थापना दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले  स्थापना कालको ५३ औ वर्ष पुरा गरी ५४ बर्ष लागेकोमा राष्ट्रिय बाणिज्य बैकलाई सफताकाको कामना ब्यक्त गरे । उनले बैकले आफ्ना सेवा ग्राहिहरुलाई चुस्त दुरुत ढंङ्गबाट छिटो छरितो तरिकाले सेवा दिन आग्रह गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बाणिज्य बैकले अन्य निजि बैकहरुसंगको प्रतिस्पर्धामा काम गर्नु पर्ने बताए  । रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापाले बाणिज्य बैकले दुर दराजमा समेत पुगेर सेवा दिनु पर्ने कुरालाई जोड दिए  ।

 

प्रतिकृया दिनुहोस