सबै इमान्दार नभएसम्म सुशासन कायम हुन नसक्ने प्रदेश नं ३ का सांसद पौडेलको भनाई


रामेछाप । माघ १३ गते,
रामेछाप क्षेत्र नं १ बाट निर्वाचित प्रदेश नं ३ का सांसद शान्तिप्रसाद पौडलले सबैले इमान्दार भएर काम नगरेसम्म सुशासन कायम हुन नसक्ने बताएका छन् । युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र हुराडेक नेपाल दोलखाको सहजिकरणमा सञ्चालित परास्पारिक जवाफदेहीता परियोजना अन्तर्गत साझा सभामा बोल्दै पौडलले सो कुरा बताएका हुन् ।
गैर सरकारी संस्था महासंघ नेपाल रामेछापसँगको समन्यमा हुराडेकले आइतबार रामेछापको मन्थलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद पौडेलले देश सबैको साझा भएकोले देश विकासमा सबै साझा रुपमा नै लाग्नु पर्ने बताए । उनले केही समय नीतिगत अस्पष्टाताका कारण राज्य अल्मलिएको भए पनि अब विस्तारै सबै बिषय स्पष्ट हुँदै आएको बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले सबैले पारदर्शि भएर काम गर्नु पर्नेमा जोड दिए । एकले अर्कालाई आरोप प्रत्यारोप गरेर अघि बढ्न नसकिने उनले बताए ।
मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले देशभित्र सर्वत्र वेतिथि भए पनि निराश भएर अघि बढ्न नसकिने बताए । उनले भएका बेथितिलाई चिर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।
खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले सबैले तथ्यमा आधारित भएर कुरा गर्नु पर्नेमा जोड दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले जिल्लाका सबै सरकारी कार्यालयमा सुचना अधिकारीको व्यवस्था गरि सकेको बताउँदै अब नागरिकलाई प्रभावकारी सूचना प्रवाह गरिने बताए ।
गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा विगठित संविधान सभाका सदस्य तारानारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश नं ३ का सदस्य विद्रि नयाँघरे, पत्रकार महासंघका जिल्ला अध्यक्ष रमेश ढुँगेल, अधिवक्ता झम्क कँडेल लगायतले समसामयिक बिषयमा बोलेका थिए ।
कार्यक्रममा जिल्ला स्थित अधिकाँस सरकारी कार्यालयका प्रमुखहरु, नागरिक संस्थाका प्रतिनिधि, स्थानीय सभाका प्रतिनिधिहरु, पत्रकार, सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।
सहभागिहरुले राज्यका निकायले दिन सेवा प्रभावकारी नभएका भन्दै गुनासो गरेका थिए भने सरकारी कार्यालयका प्रमुखहरुले कार्यालय स्थापना भए पनि जनशक्ति र बजेट नदिएकोले काम अघि बढ्न नसकेको गुनासो गरेका थिए ।
कार्यक्रममा सुशासन ऐनले गरेको व्यवस्था अनुसार सेवा प्रदायक कार्यालयहरुमा सुचना अधिकारीको व्यवस्था गरि कार्यालयले प्रवाह गरेका सबै सेवा र सूचना प्रभाकारी रुपमा नागरिक समाक्ष प्रवाह गर्ने र जिल्लाबाट उठेर गएका कार्यालयले हस्तान्तरण गरेका सामानहरु चुस्त दुरुस्त रुपमा हस्तान्तरण गरेको नपाइएमा वा उजुरु आएमा नियमन निकायबाट कारबाहीको प्रक्रिया अघि बढाउने प्रतिवद्धता जाहेर गरिएको छ । कार्यक्रममा सहभागीहरुलाई गैरसरकारी संस्था महासंघका अध्यक्ष रत्न कडँेलले धन्यवाद व्यक्त गरेका थिए ।

 

प्रतिकृया दिनुहोस