सुशासनलाई पहिलो प्राथमिकता दिएर काम गर्न कर्मचारीलाई मुख्यमन्त्री पौडेलको निर्देशन


रामेछाप । माघ १४ गते,
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सुशासनलाई पहिलो प्राथमिकता दिएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । रामेछापको मन्थलीमा सोमबार कार्यालय प्रमुखहरु संगको भेटघाट कार्यक्रममा मुख्यमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् । सकेसम्म सेवाग्राहीहरुले ठिक ढंगले सेवा पाउन भन्ने अहिलेको सरकारको मुख्य उदेश्य रहेकाले विना झन्झट, विना दुख सेवा लिन पाएमात्रै जनताले सरकारको अनुभुति गर्न पाउने उनको भनाई छ  । प्रदेश सरकार र स्थानीय सरकारविचको अन्तरक्रिया कार्यक्रमका लागि पहिलोपटक रामेछाप आएका मुख्यमन्त्री पौडेलले जनताले अहिलेको जनप्रतिनिधीबाट धेरै आशा गरेकाले दिर्घकालिन सेवा लिने खालका योजनाहरुको छनौट गरी काम गर्न स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरुलाई समेत निर्देशन दिएका छन्  ।
जनप्रतिनिधीले गर्ने कामले प्राप्त हुने प्रतिफल संग गणना गरेर अगाडी बढ्न मुख्यमन्त्री पौडेलले निर्देशन दिए । परिणाम नदिने पैसा मात्र खर्च गर्ने खालको योजना अबको दिनमा पास नहुने समेत उनले बताए । मुख्यमन्त्री पौडेलले मन्थली हाटेचौर स्थित तिनलालको पार्कमा सहिदहरुको सालिकमा माल्यार्पण समेत गरेका छन्  । यस्तै मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले नगरपालिकामा स्वागत गर्दै नगरपालिकाले गरेका गतिविधी र प्रदेश सरकारबाट गरेको अपेक्षाको बारेमा जानकारी गराएका छन् । टोलीमा मुख्यमन्त्री पौडेलसंगै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, प्रदेश सांसद शान्तिप्रसाद पौडेल, विशाल खड्का लगाएतको पनि उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस