रामेछापको बजार विकासको योजना ल्याइएको रामेछाप नगरपालिकाका प्रमुख थापा मगरको भनाई


रामेछाप । माघ १५ गते,
रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापा मगरले रामेछाप बजारसँगै सिंगो नगरपालिकाको विकासको योजना अगाडी सारेको बताएका छन् । समग्र नगरपालिकाको विकासमा आफूहरु प्रतिवद्ध भएर लागेको नगरप्रमुख मगरको भनाई छ  । रामेछाप नगरपालिका–८ माथिलो बजारमा नवनिर्मित प्रतिक्षालयको मंगलबार उद्धघाटन गर्दै नगरप्रमुख थापामगरले जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारको आधुनिक ढंगले विकास काम अगाडि बढाएको बताए ।
नगरपालिकाले अगाडि सारेको योजना कार्यान्वयन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए । विकास निर्माणको योजना कार्यान्वयन गर्न सबैको रचनात्मक सल्लाह सुझावको आवश्यकता रहेको बताउदै उनले नागरिकहरुलाई सुझाव दिन आग्रह गरे । रामेछाप नगरपालिका–८ का वडा अध्यक्ष केदार कार्कीले तीन वटा प्रतिक्षालय निर्माण गरीएको बताए । प्रतिक्षालय निर्माण भएपछि भालुखोप, रामपुर, ओख्रेनी हिमगंगा लगायतका ठाउँसम्म जाने सवारी साधन कुर्ने यात्रुहरुलाई सहज हुने कार्कीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस