आशा परियोजनाको अभिमुखीकरण सम्पन्न


रसुवा । माघ १६ गते,
रसुवा जिल्लाको उत्तरगया र नौकुण्ड गाउँपालिकामा पुर्ननिर्माणको प्रयासलाई सहयोग पुरयाउने तथा अति जोखिममा रहेका समुदायको खाद्य सुरक्षामा सुधार र उनीहरुको सेवा सुविधामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आशा परियोजना सञ्चालनमा आएको छ ।
मट म्याकडोनाल्ड र डिएफआईडीको आर्थिक सहयोग एवं सामुदायिक विकास केन्द्र विदुर नुवाकोट र यसका साझेदार संस्थाहरु लाङ्गटाङ्ग क्षेत्र संरक्षण सरोकार समाज, रसुवा एवं सामुदायिक तथा ग्रामिण विकास समाज नेपाल नुवाकोटको संयक्त आयोजनामा  सो कार्यक्रम सञ्चालनमा आएको हो ।  हेल्पिङ पिपुल ओभरकम अर्थक्वयक इम्प्याक्ट (होप) को सरोकारवालाहरु स्तरीय अभिमुखीकरण रसुवा जिल्लाको नौकुण्ड र उत्तरगया गाउँपालिकामा सम्पन्न भएको हो ।
नौकुण्ड गाउँपालिकामा भएको अभिमुखीकरणमा गाउँपालिकाका अध्यक्ष नोर्वु स्याङ्बो लामाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुखको प्रमुखको प्रमुख आतिथ्यतमा भएको थियो । ं कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल र गाउँपालिका उपाध्यक्ष सिर्जना लामा, वडाध्यक्ष, गाउँ कार्यपालिका सदस्य र विषयगत शाखाका संयोजकहरु लगायत जिल्ला स्तरीय तथा गाउँपालिका स्तरीय सराकोरवालाहरुको सहभागिता रहेको थियो ।
अभिमुखीकरणमा कार्यक्रमको विस्तृत प्रस्तुतिकरण पश्चात कार्यक्रम संचालन प्रक्रियामा सहकार्य गर्नुपर्नेमा सहभागिले जोड दिएका थिए । सहभागिले कार्यक्रमको प्रभाव मापनका लागि तथ्यपरक रुपमा कार्यान्वयन गर्नुपर्ने पक्षमा जोड दिएका थिए ।
यसै गरी रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत श्री बसन्त बहादुर खत्रीको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष श्री चमेली गुरुङको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो । अभिमुखीकरणमा सहभागीहरुले तथ्यांक संकलन तथ्यपरक, वस्तुपरक तथा प्रत्येक घरधुरीको सुचना संकलन गर्नुपर्नेमा जोड दिएका थिए ।
आशा परियोजनाले   जोखिममा रहेका समुदायको जीविकोपार्जन तथा पुर्ननिर्माणमा थप सहयोग गर्ने अपेक्षा रहेको सहभागिले बताए । कार्यक्रममा वोल्दै विशेष अतिथि गाउँपालिका उपाध्यक्ष  चमेली गुरुङले कार्यक्रम कार्यान्वयन प्रक्रियामा समन्वय र सहकार्य तथा सहअस्तित्वलाई प्रभावकारी रुपमा लिन सल्लाह दिइन् । कार्यक्रममा वडा अध्यक्षहरुले समेत वडास्तरीय समन्वय र सहकार्यलाई जोड दिएका थिए ।
 कार्यक्रमका अध्यक्षले कार्यक्रम संचालन प्रक्रिया पारदर्शी तथा जवाफदेही रुपमा कार्यान्वयन गर्न पृष्ठपोषण प्रदान गरेका थिए ।
अभिमुखीकरण कार्यक्रममा दुवै गाउँपालिका तथा स्थानीय सरोेकारवालाहरुबाट कार्यक्रममा दोहोरोपना हुन नदिन ध्यान दिनुपर्ने र सुचना संकलनलाई तथ्यपरक र वस्तुपरक बनाउन आग्रह गरेका थिए । अभिमुखीकरण कार्यक्रममा कार्यक्रम बारे आशा परियोजनाका कार्यक्रम व्यवस्थापक कर्णबहादुर नेपालीले जानकारी गराएका थिए । सहयोगी निकायको तर्फबाट मट म्याकडोनाल्डका जिल्ला संयोजक चन्द्र आले लगायतका प्रतिनिधिहरुको  सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस