आवश्यक प्रचार प्रसार नहुँदा रामेछापको पर्यटन विकास सुस्त


रामेछाप । माघ १७ गते,
रामेछाप जिल्ला पर्यटनको ठुलो सम्भावना बोकेको जिल्ला हो । यहाँ रहेको पर्यटनका सम्भावना बोकेका ऐतिहासिक स्थलहरुको पवद्र्ध र प्रचार हुन सके तीन नम्बर प्रदेशको एक पर्यटकिय जिल्लाका रुपमा चिनाउन सकिन्छ ।
शैलुङ, अग्लेश्वी महादेव थान , थानापति महादेव , खाँडादेवी मन्दीर लगाएतका धार्मिक स्थलहरु जिल्लाको पर्यटन विकासका लागि ठुलो सम्भावना बोको स्थलहरु हुन् । तर यस्ता स्थलहरुको आवश्यक प्रचार प्रसार हुन सकेको छैन । ईतिहासमा रामेछापले सहिद गंगालाल श्रेष्ठ, पुष्पलाल श्रेष्ठ ,  र साहित्यकार  कृष्णलाल अधिकारीलाई जन्मायो ।
सहिदगंगालाल र कम्युनिष्ट पार्टिका संस्थापक महासचिव पुष्पलाल रामेछाप जिल्लाको रामेछाप नगरपालिका ८ भंगेरीमा जन्मनु भएको थियो भने साहित्यका सहिद अधिकारी हालको मन्थली नगरपालिका २ मा जन्मेका थिए । यस हिसावले पनि रामेछाप ऐतिहाँसिक भूमि हो । त्यतिमात्रै हैन रामेछाप जिल्लामा पर्यटकलाई लोभ्याउन सक्ने प्रसिद्ध धार्मिक स्थल खाडादेवी मन्दिर, अग्लेश्वरी, शैलुङ्ख, जटा पोखरी र पाँचपोखरी अनि अन्य धेरै प्रकृति सम्पदा रहेका छन् । रामेछाप क्षेत्र १ का प्रदेश सभासद शान्ति प्रसात पौडेल प्रदेश सरकारले रामेछाप जिल्लामा भ्यू टावरहरु निर्माण गर्ने योजना बनाएको बताए । उनले रामेछापको शैलुङ, शिवालयको आसपास , तामेडाँडा , थामडाँडा प्रीती र सेरदिङमा पर्यटन पवद्र्धन र विकासका लागि भ्यू टावर निर्माण गर्न लागेको बताए । उच्च हिमाली क्षेत्रबाट ट्रेकिङ रुटका लागि रसुवादेखी नुम्बुर हिमालको फेदीसम्म ट्र्याक ओपनका लागि डि.पि.आर तयार भैरहेको उनको भनाई छ । रामेछाप जिल्ला ऐतिहासि जिल्लासंगै प्रकृतिक श्रोताले सम्पन्न जिल्ला हो । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुगेलले रामेछाप जिल्लाले जिल्लामा भित्रियका पर्यटकलाई रामेछापमै फलेको जुनारको जुस खुवाएर , गंगालाल,पुष्पलाल र कृष्णलालको जन्म भुमि पुरयएर वा सदरमुकाम नजिकै भएर बग्ने तामाकोसी र सुनकोसी तथालिखु नदीमा र्याफटिङ  गराएर पनि आन्तरीक तथा बाह्य पर्यटन भित्राउन सकिने बताए । रामेछाप जिल्लाका पर्यटकिय क्षेत्र पर्यटकको प्रतिक्षामा  रहेका छन् । रामेछाप जिल्लाको पर्यटकिय क्षेत्रको उचित प्रचारप्रसार गरि पर्यटन बिकास गरे आजआर्जनको राम्रो सम्भवाना छ ।

 

प्रतिकृया दिनुहोस