धुलोको व्यवस्थापन नहुँदा सिन्धुलीको बसपार्क अस्तव्यस्त बन्दै


सिन्धुली । माघ १७ गते,
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा बसपार्क दिनानुदिन अव्यवस्थित बन्दै गएको छ । बढ्दो सहरिकरणको विकाससँगै धुलो र फोहोरका कारण बसपार्क अव्यवस्थित बनेको हो । बसपार्क भित्र व्यवस्थित टिकट काउन्टर, यात्रु प्रतिक्षालय, सोलार बत्ति, खानेपानी, सौचालय लगायतका पूर्वाधार हुनु पर्नेमा त्यो देख्न नपाईको यात्रुहरुको गुनासो छ ।
 ग्वाङखोला र लब्दाह खोलाको संगम स्थलमा रहेको बगरलाई नगरपालिकाले बसपार्क रुपमा विकास गर्न खोजे पनि त्यो ठाँउमा पुर्वाधारको अभाव रहेको यात्रुहरुको भनाई छ । बसपार्कको छेउ मानिसको दिसा पिसाव लगायतका फोहोरले समते दुर्ग्न्धित बन्दै गएको स्थानीयको गुनासो छ । सदरमुकाम निवासी सन्तोस दाहाल बढ्दो सबारी साधनको चापले गर्दा बसपार्कलाई बेलैमा व्यवस्थित बनाउनु पर्ने बताए  । बसपार्क र आसपासका क्षेत्र धुलाम्य छ । बसपार्क भित्र ठूला बस, बोलेरो जीप र अन्य ठूवानीका हल्का सबारी साधन समेत एकै ठाँउमा पार्किङ गरि राखिनाले अस्तव्यस्त नै देखिने उनको गुनासो छ । यता कमलामाई नगरपालिकाले भने उक्त बसपार्कलाई व्यवस्थित गर्ने प्रकृया सुरु भएको जनाएको छ ।
यो बर्षदेखि पुर्वाधार निर्माण कार्य सुरु गरिएको नगरपालिकाका ईन्जिनियर बिनोदबाबु खकुरालले बताए । भ्याट बाहेक एक करोड दुई लाख ६२ हजार ८३६ रुपैयाको लागतमा बसपार्कको ग्राउण्डलाई कंक्रिट ढलान गरी व्यवस्थित गर्ने काम भई रहेको उनले जानकारी दिए ।  सोलार बत्तिका लागि पोल गाड्ने काम सकिएको र अन्य पूर्वाधार बन्दै जाने नगरपालिकाले जनाएको छ । ठाँउको अभावमा हाल बसहरु पार्किङ गरेर राख्ने गरिएको ग्वाङखोला र लब्दाह खोलाको सङगम स्थलमा रहेको बगरलाई नै सिटी बसपार्कको रुपमा निर्माण गर्न लागिएको ईन्जिनियर खकुरालले बताए । सिटी बसपार्कको रुपमा विकास गर्न थालिएको जमिनको क्षेत्रफल पाँच हजार स्क्वायर मिटर रहेपनि बसपार्कका लागि त्यो अपर्याप्त रहेको उनको भनाई छ ।

 

प्रतिकृया दिनुहोस