रामेछापमा सरकारी कार्यालयमा सूचना अधिकारीहरु र संचारकर्मीबिच अन्तरक्रिया


रामेछाप । माघ १८ गते,
रामेछाप जिल्लामा संचालित सरकारी कार्यालयका सूचना अधिकारीहरु र जिल्लामा क्रियाशिल संचारकर्मीबिच शुक्रबार अन्तरक्रिया भएको छ । सूचना अधिकारी र संचारकर्मीहरु बिचको दुरी कम गरी सूचना प्रवाहा प्रभावकारी बनाउन रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद शर्माको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा संचाारकर्मीहरुले जिल्लामा संचालित कार्यालयहरु पुर्ण सूचनामैत्री नभएको भन्दै गुनासो गरेका छन् । उनीहरुले कार्यालयले तोकेको सूचना अधिकारीलाईनै कार्यालयले सम्पादन गरेको कामका बारेमा पुर्ण जानकारी नहँुदा सूचना लिन समस्या भएको बताए । कार्यालयमा सूचना लिन जाँदा संचारकर्मीलाई हेर्ने दृष्ट्रीकोण पनि सुधार हुनुपर्ने संचारकर्मीहरुको जोड छ ।
कार्यक्रममा सहभागी सूचना अधिकारीहरुले आवश्यक स्रोत साधनको अभावमा सूचना दिने र लिने कुरा केही कमी कमजोरी भएपनि अबको दिनमा त्यस्तो नहँुने बताएका छन् । कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद शर्माले जिल्लामा संचालित सरकारी कार्यालयहरुले प्रवाहा गर्ने सेवा संग सम्बन्धीत सूचनामा केही कमि नहुने बताए ।
जिल्लामा संचालित ४३ वटा सरकारी कार्यालयहरुका सूचना अधिकारीलाई सूचना दिन र लिनका लागि सिमकार्ड र मोवाइल फोन समेत व्यवस्था गरिएकाले अबको दिनमा सूचना अधिकारीले प्रभावकारी काम गर्ने उनको विश्वास छ । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लामा घटेका दुघर्टनाका खबरहरु प्रहरीले एस.एम.एस मार्फत संचारकर्मीहरुलाई पठाउनुपर्ने माग आएकाले यसलाई तत्काल कार्यान्वयनमा ल्याउन जिल्ला प्रहरीलाई निर्देशन दिइएकाले तत्काल कार्यान्वयनमा आउने बताए । उनले जिल्लाभर संचालन भएका सरकारी कार्यालयहरुले आफुले सम्पादन गरेको कामका बारेमा सहज सजिलै सूचना लिने र दिने बाताबरण बनाउन जिल्ला प्रशासन कार्यालय कटिवद्ध भएर लाग्ने पनि बताए ।

 

प्रतिकृया दिनुहोस