मन्थली बचत तथा ऋण सहकारी संस्थाको २२ औँ स्थापना दिवस सम्पन्न


रामेछाप । माघ २१ गते,
रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  २२ औँ स्थापना दिवस आइतबार एक कार्यक्रमका बिच समापन भएको छ । कार्यक्रम सहकारीका अध्यक्ष धु्रव प्रसाद सुवेदीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा तामाकोसी सेवा समितिका अध्यक्ष गुञ्ज बहादुर श्रेष्ठ,सहकारीका लेखा समितिका संयोजक टंक प्रसाद दाहाल, उक्त सहकारीका उपाध्यक्ष रामचन्द्र वियोगी लगायतले सहकारी प्रतिको आफ्नो धारणा राखेका थिए । कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष धु्रव प्रसाद सुवेदीले ११ जना सदस्यबाट सुरु गरिएको सहकारीले पछिल्लो समयमा राम्रो फट्को मारेको बताए । यस सहकारीलार्ई आगामी दिनमा पनि सबल  र सक्षम बनाउन सबैको सहयोग आवश्यक रहेकोमा उनले जोड दिए ।

 

प्रतिकृया दिनुहोस