रामेछापमा पनि सरकारको विरुद्धमा काँग्रेसको प्रदर्शन


रामेछाप । माघ २१ गते,
नेपाली काँग्रेस रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा सरकारको विरोधमा  प्रर्दशन गरेको छ । काँग्रेसले सोमबार दिउँसो सराकारको विरोधमा प्रदर्शन गरेको हो । मन्थलीको बिपि चोकबाट सुरु भएको काँग्रेसको विरोध र्याली मन्थली बजार परिक्रमा गरि विपि चोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई काँग्रेस जिल्ला सभापति लवश्री न्यौपाने, नेताहरु ध्रुव लामा, अर्जून केसी, लेखबहादुर कार्की, विनोद कार्की,  जितबहादुर मगर, गंगा अधिकारी, काजि बहादुर कार्की, सुशिल अधिकारी लगायतले बोलेका थिए ।  र्यालीमा सरकारले सर्वसत्ताबाद लाद्न खोजेको भन्दै सरकारका विरुद्ध चर्काे नारा लगाएका थिए । कोणसभाका वक्ताहरुले समेत सरकारको आलोचना गर्दै सरका नसच्चिए काँग्रेसले कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

 

प्रतिकृया दिनुहोस