मन्थली मेयरकप रामेछाप सिभिल च्याम्पियनशिप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा


रामेछाप । माघ २१ गते,
रामेछापको सदरमुकाम मन्थलीमा मंगलबारबाट सुरु हुने मन्थली मेयरकप रामेछाप सिभिल च्याम्पियनशिप चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ  । आयोजक जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुर्षाेत्तम कडरियाले भलिबल प्रतियोगिताका लागि आवश्यक तयारी पुरा भएको बताए ।
उनले सातै प्रदेश र ५ वटा क्लवहरु बिच तिव्र प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि खेलाडीहरु जिल्ला आउँने क्रम जारी रहेको बताए । माघ २६ गते शनिबार सकिने प्रतियोगिता  लिग कम नकआउट को नियमअनुसार खेलाइने आयोजकले जनाएको छ  । प्रतियोगितामा प्रदेश १,२,३,५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य श्याम कुमार श्रेष्ठ (कुशल) ले उद्घाटन गर्ने बताइएको छ  ।
यस्तै रामेछाप जिल्लाका स्थानीय क्लबहरु शान्तिदिप यूवा क्लब, मन्थली युनाइटेड युवा समाज, लोकतान्त्रिक खेलकुद संघ, नमुनादिप यूवा क्लब र प्याराडाइज युथ क्लबले पनि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ  । मन्थली नगरपालिका सहआयोजक रहेको प्रतियोगीताको विजेता टोलीले ३ लाख ,दोस्रो हुनेले २ लाख र तेस्रो हुने टिमले १ लाख नगद प्राप्त गर्ने छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ सर्बर, ब्लकर, स्पाइकर, डिफेन्डर, सेटर र प्रशिक्षकले समान १०(१० हजार नगद पाउने छन् । प्रतियोगितामा सहभागी टिमका खेलाडीको भत्ता र यातायात खर्च आयोजकले व्यहोर्ने छ । खेलाडीले दैनिक १२ सय भत्ता पाउने छ ।

 

प्रतिकृया दिनुहोस