रामेछापमा चौँथो राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता सुरु


रामेछाप । माघ २२ गते,
रामेछापको सदरमुकाम मन्थलीमा मंगलबारबाट  मेयरकप रामेछाप सिभिल च्याम्पियनसिप चौँथो राष्ट्रिय पुरुष भलिवल   प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको प्रतिनिधिसभाका सांसद एवं पूर्व गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले पानसमा बत्ति बालेर उद्घाटन गरे । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुरुषोत्तम कडेरियाको अध्यक्षतामा भएको कार्यक्रममा  प्रदेस नं ३ का सांसद शान्तीप्रसाद पौडेल, पूर्व सांसद देवशंकर पौडेल,संविधानसभाका सदस्य तारानारायण श्रेष्ठ, मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा लगायतले बोलका थिए । कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठले प्रतियोगिताले रामेछाप जिल्लाको पहिचान र खेल क्षेत्रको समग्र विकासमा सहयोग पुग्ने बताए । प्रदेश सांसद शान्तिप्रसाद पौडेलले मन्थलीमा सुविधासम्पन्न खेल मैदान निर्माणको लागि तत्काल काम अघि बढाईने बताए । कार्यक्रममा बोल्दै  मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले यूवा खेलाडीहरुको सुखद सुरुवात भएको बताए । प्रतियोगितामा ७ वटै प्रदेशका टिम तथा रामेछापका २ वटा टिम गरी ९ वटा टिमले भाग लिई रहेका छन् ।

 

प्रतिकृया दिनुहोस