रामेछापमा जारी चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पुरा


रामेछाप । माघ २३ गते,
रामेछापको सदरमुकाम मन्थलीमा जारी मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनशिप चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पुरा भएको छ । मंगलबारबाट सुरु भएको  भलिबल प्रतियोगिताको लिग चरणको खेलहरु सकिए संगै क्वाटरफाइनल समिकरण तय भएको हो ।
बुधबार भएको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर ३ लाई २७–२५, २५–९ र २५–१९ को अन्तरमा ३–० को सोझो सेटले पराजित ग¥यो भने दोस्रो खेलमा शान्तिदिप युवा क्लवले प्याराडाइज युवा क्लवलाई २५–१९, २५–१८ र २५–१७ को अन्तरमा ३–० को सोझो सेटमा पाखा लगायो ।
यस्तै बुधबार नै भएको तेस्रो खेलमा नमुनादिप युवा क्लवले प्रदेश नम्बर २ लाई २५–१९, २५–२३ र २५–१२ को अन्तरमा ३–० को सोझो सेटले हरायो भने चौथो खेलमा गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई २५–१८, २५–२० र २५–१९ को अन्तरमा ३–० को सोझो सेटले हार चखायो । यो हार संगै गतवर्षको विजेता टोली सुदुर पश्चिम प्रदेश लिग चरणबाटै घर फर्केका छन् ।
माघ २६ गते शनिबार सकिने प्रतियोगिता लिग कम नकआउट को नियमअनुसार सञ्चालन भइरहेको आयोजक जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुर्षाेत्तम कडरियाले जानकारी दिनु भयो । उहाँका अनुसार विहिबार देखि क्वाटर फाइनलका खेलहरु सञ्चालन हुने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ सर्बर, ब्लकर, स्पाइकर, डिफेन्डर, सेटर र प्रशिक्षकले समान १०÷१० हजार नगद पाउने छन् । प्रतियोगितामा सहभागी टिमका खेलाडीको भत्ता र यातायात खर्च आयोजकले व्यहोर्ने छ भने प्रत्येक खेलाडीले दैनिक १२ सय को दरले भत्ता पाउने छन् ।

 

प्रतिकृया दिनुहोस