रामेछापको हिमगंगाको बोलङबोलङ सडक सञ्जालसंग जोडियो


रामेछाप । माघ २९ गते,
रामेछापको रामेछाप नगरपालिका–४ हिमगंगाको बोलङबोलङ सडक सञ्जालमा जोडिएको छ । नगरपाालिकाको विकट मध्येको एक मानिने हिमगंगाको बोलङबोलङमा सडक पुगेपछि स्थानीय खुशी भएका छन् ।
रामेछाप नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत ३० लाख रुपैयाँ लागतमा सडक निर्माण गरिएको हो  । फोन्दी खोला बोलङबोलङ फेमेटार सडक करिव ७ किलोमिटर लम्बाईको छ ।
नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगरले विकासमा पछाडी परेको हिमगंगालाई आफ्नै कार्यकालमा नमूना वडाका रुपमा विकास गर्ने बताए । रामेछाप नगरपालिलाई आर्थिक रुपमा सबल बनाउन नगरस्तरीय योजना निर्माण र तीनको कार्यान्वयनका लागी आफू लागिपरेको उनको भनाई छ । नगर प्रमुख थापा मगरले केही महिनाभित्र हिमगंगामा विजुली बत्ति पनि बाल्ने बताए ।

प्रतिकृया दिनुहोस