विद्यालय भवन जिर्ण हुँदा पठनपाठनमा समस्या


रामेछाप । माघ २९ गते,
रामेछापको रामेछाप नगरपालिका–४ हिमगंगाको बोलङबोलङमा रहके महारुद्र माध्यामिक विद्यालयको भवन जिर्ण हुँदा पठनपाठनमा समस्या भएको छ । कक्षा १० सम्म पठनपाठन हुने सो विद्यालयको भवन गएको २०७२ सालमा आएको विनासकारी भूकम्पले क्षति पुर्याएको थियो । विद्यलाय अहिले त्यहि भूकम्ले क्षति पुर्याएको भवनमा सञ्चालनमा रहेको छ । साना कक्षाहरु भूकम्पले क्षति पुर्याएको भवनमानै सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक पदवमबहादुर मगरले बताए ।
कक्षाकोठा भित्र विद्यार्थी राख्न र शिक्षक बसेर पढाउन पनि डरमर्दाे भएको उनले बताए । तीनै जिर्ण भवनमा पनि केही दिन अघि आएको हावा हुरीले छानाको जस्ता उडाएपछि पनठनपानमा नै समस्या भएको उनले बताए ।
विद्यालयमा भूकम्पले क्षति पुगेपछि बनाएका अस्थाई टहरा पनि जिर्ण भएका छन् । ती टहरमा समेत विद्यार्थीलाई राखेर पढाउन मिल्ने अवस्था नभएको उनले बताए । जनजाति र दलित समुदायका विद्यार्थीहरुको बाहुल्यता रहेको सो विद्यालयमा नयाँ विद्यालय भवन निर्माण नहुँदा समस्या भएको उनले बताए । विद्यालयमा शिक्षक र विद्यार्थी जोखिम मोलेर पठनपाठन गरि रहेका छन् ।  

 

प्रतिकृया दिनुहोस